माननीय पर्यटन मन्त्री केदार प्रसाद गुप्ताको जन्मदिन भव्य रूपमा मनाइयो

पटना/ बिहार सरकारका माननीय पर्यटन मन्त्री केदार प्रसाद गुप्ता को जन्मदिन केक काटेर भव्य रूपमा मनाइएको छ।

आयोजित कार्यक्रममा कानू कल्याण महासभाका राष्ट्रिय अध्यक्ष मुनेश्वर प्रसाद कानू, संगठन सचिव शंकर प्रसाद कानू लगायत सयौं सम्मानित व्यक्तित्व तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

उपस्थित अतिथिहरूले मन्त्री गुप्तालाई जन्मदिनको शुभकामना व्यक्त गर्दै उहाँको सुस्वास्थ्य, दीर्घायु तथा सफल राजनीतिक एवं सामाजिक जीवनको कामना गरेका थिए। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित