वीरगंज । पर्सा जिल्लाको वीरगंज निवासी नाबालिग किशोरी सिद्धि मिश्रा गत २०८३ वैशाख १६ गते (२९ अप्रिल २०२६) देखि रहस्यमय परिस्थितिमा बेपत्ता भएकी छन्। परिवारले उनको खोजीका लागि विभिन्न प्रयास तथा व्यापक खोजतलास गरे पनि हालसम्म कुनै जानकारी प्राप्त हुन नसकेको जनाइएको छ।
किशोरी बेपत्ता भएपछि परिवार अत्यन्त चिन्तित र व्याकुल बनेको छ। घटनालाई गम्भीरतापूर्वक लिँदै इन्स्पेक्टर मनोजकुमार शर्माले सिद्धि मिश्राको सुरक्षित उद्धार गराउन सहयोग गर्ने वा उनको अवस्थाबारे विश्वसनीय सूचना उपलब्ध गराउने व्यक्तिलाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्।
इन्स्पेक्टर शर्माले सिद्धि मिश्रासम्बन्धी कुनै जानकारी भए वा कतै देखिएमा तत्काल आफूलाई सम्पर्क गर्न सर्वसाधारणमा अनुरोध गरेका छन्।
सम्पर्क: इन्स्पेक्टर मनोजकुमार शर्मा मोबाइल/ह्वाट्सएप: +९१-८८५३७०३७६१ साथै, बेपत्ता किशोरीलाई सकुशल परिवारसम्म पुर्याउन सहयोग पुग्ने विश्वासका साथ यो सूचना बढीभन्दा बढी व्यक्तिसम्म पुर्याइदिन पनि सबैमा अपिल गरिएको छ।









