नि:शुल्क आँखा शिविरपछि २२ जनाको आँखाको सफल शल्यक्रिया सम्पन्न ।

 

हरिकिशोर शर्मा / जेठ १० जिराभवानी पर्सा ।

पर्सा सशस्त्र प्रहरी बल, नेपालको “सीमा बासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत सञ्चालन गरिएको नि:शुल्क आँखा शिविरबाट थप उपचार आवश्यक देखिएका बिरामीहरूमध्ये २२ जनाको सफल आँखाको शल्यक्रिया सम्पन्न गरिएको छ। शल्यक्रिया सेवा लिनेहरूमा ११३ वर्षीया एक ज्येष्ठ महिला समेत सहभागी रहेकी थिइन्।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजना तथा तिलगंगा आँखा अस्पताल काठमाडौं र सामुदायिक आँखा केन्द्र वीरगञ्जसँगको सहकार्यमा २०८३ जेठ ८ गते वीरगञ्ज महानगरपालिका–१ छपकैया छटघाट स्थित श्री वविता पराजुली आधारभूत विद्यालयमा आयोजित नि:शुल्क आँखा शिविरमा आँखा परीक्षण गरिएका बिरामीहरूमध्ये मोतिबिन्दुलगायत समस्या देखिएका ३४ जनालाई शल्यक्रियाका लागि सिफारिस गरिएको थियो।

सिफारिस गरिएका बिरामीहरूमध्ये २४ जना सम्पर्कमा आएकोमा २२ जनाको सामुदायिक आँखा केन्द्र वीरगञ्जमा सफल शल्यक्रिया सम्पन्न गरिएको छ। बाँकी २ जनाको स्वास्थ्य परीक्षणका क्रममा सुगरको मात्रा अत्यधिक देखिएकाले तत्काल शल्यक्रिया गर्न नसकिएको चिकित्सकले बताएका छन्। साथै, हालसम्म सम्पर्कमा नआएका अन्य १० जनालाई सम्पर्कमा आएपछी आवश्यक शल्यक्रिया प्रक्रिया अगाडि बढाइने चिकित्सक टोलीले जनाएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित