रास्वपामधेश प्रदेश युवा तथा खेलकुद विभागद्वारा भ्रामक प्रचारको खण्डन

 

वीरगंज/जेठ ७ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेश युवा तथा खेलकुद वि भागले सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा फैलाइएको भ्रामक प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विभागले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै वीरगंज –१५, पर्सा निवासी दिवस सर्राफलाई युवा तथा खेलकुद विभाग, मधेश प्रदेशको सह–संयोजक पदमा नियुक्त गरिएको भन्ने प्रचार पूर्ण रूपमा गलत रहेको स्पष्ट पारेको हो।

विज्ञप्तिमा उक्त नियुक्तिबारे मधेश प्रदेश समिति तथा पार्टीका कुनै पनि विभागीय समितिलाई जानकारी नभएको उल्लेख गरिएको छ। साथै, बिना आधिकारिक निर्णय सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने कार्य गरिएको भन्दै पार्टीले त्यसप्रति आपत्ति जनाएको छ।

रास्वपाले यस्ता गलत, भ्रामक र कपोलकल्पित सूचनामा विश्वास नगर्न सबैलाई अनुरोध गरेको छ। साथै, सम्बन्धित व्यक्तिको साधारण सदस्यता समेत खारेज गरी पार्टीको विधानअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ।

उक्त प्रेस विज्ञप्तिमा युवा तथा खेलकुद विभाग, मधेश प्रदेशका प्रमुख आनन्द प्रसाद कानुको हस्ताक्षर रहेको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित