वीरगंज । वीरगंज महानगरपालिका वडा नं. १७ अलौंमा जारी क्रिकेट प्रतियोगिता ‘अलौ प्रिमियर लिग’ अन्तर्गत सम्पन्न सेमिफाइनल खेलमा अलौ ब्लास्टर टिम विजयी भएको छ।
प्रतिस्पर्धात्मक खेलमा अलौं ब्लास्टरले निर्धारित ओभरमा ११७ रन बनाउँदै अलौ रोयल्सलाई ११८ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याएको अलौ रोयल्स टिम भने ६३ रनमै समेटिएपछि अलौ ब्लास्टरले ५६ रनको फराकिलो अन्तरले जित हासिल गरेको हो।
खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अलौ ब्लास्टरका खेलाडी उमेश कुमार राम ‘म्यान अफ द म्याच’ घोषित भए। उनले ३२ बलमा ४६ रन बनाउनुका साथै बलिङतर्फ ३ विकेटसमेत लिएर टोलीको जितमा महत्वपूर्ण योगदान दिएका थिए।









