पोखरिया–६ मा विद्यालय तथा पुस्तकालय भवन निर्माणको शिलान्यास

 

 

वीरगंज/१ बैसाख

मधेश प्रदेशअन्तर्गत पर्सा जिल्लाको पोखरिया नगरपालिका–६ मा रहेको श्री महेन्द्री पद्म माध्यमिक विद्यालयको विद्यालय तथा पुस्तकालय भवन निर्माणका लागि शिलान्यास गरिएको छ।

उक्त भवनको शिलान्यास भारतीय महावाणिज्य दूतावास, वीरगञ्जकी महावाणिज्यदूत श्रीमती देवी सहाय मीनाक्षी र पोखरिया नगरपालिकाका प्रमुख श्री प्रद्युम्न प्रसाद चौहानले संयुक्त रूपमा गर्नुभएको हो।

भारत सरकारको आर्थिक सहयोगमा करिब ६५.३ मिलियन नेपाली रुपैयाँको लागतमा निर्माण हुन लागेको यस परियोजनाअन्तर्गत तीनतले शैक्षिक भवन, प्रशासनिक भवन, गेट र गार्ड हाउस, शौचालय, सीमापर्खाल, भौतिक पूर्वाधार तथा विद्युत् जडानजस्ता संरचना निर्माण गरिनेछ।

यसका साथै कक्षा कोठा, पुस्तकालय, कम्प्युटर प्रयोगशाला तथा विज्ञान प्रयोगशालासहितका आवश्यक शैक्षिक सुविधा उपलब्ध गराइनेछ। परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) अन्तर्गत सञ्चालन हुने जनाइएको छ।

कार्यक्रममा पोखरिया नगरपालिकाका मेयर, विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिएको विकासात्मक सहयोगको प्रशंसा गरेका थिए।

छिमेकी मित्रराष्ट्रका रूपमा भारत र नेपालबीच विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको सन्दर्भमा यस्ता परियोजनाले नेपालको विकास प्रयासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित