पर्सामा विश्व क्षयरोग दिवस मनाइयो

 

 

पवन प्रसाद साह

वीरगंज, १० चैत

नेपाल क्षयरोग निवारण संस्था (NATA) पर्सा जिल्ला शाखाको आयोजनामा बहुदरमाई नगरपालिका–४ स्थित डोकैला बहुवरी गाउँमा रहेको गढीमाई बोर्डिङ स्कुलको प्राङ्गणमा विश्व क्षयरोग दिवस मनाइएको छ।

कार्यक्रमको अध्यक्षता संस्थाका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला अध्यक्ष प्रमोद पौडेलले गर्नुभएको थियो। कार्यक्रममा संस्थाका शाखा सचिव तथा पूर्व जिविस सभापति शम्भु प्रसाद चौरसिया, कोषाध्यक्ष उमेश कुमार साह कानु, विद्यालयका प्रधानाध्यापक अरमेन्द्र प्रसाद यादव, शिक्षक अजय यादव तथा स्थानीय समाजसेवीहरू बिरबहादुर यादव र बिरेन्द्र प्रसाद यादव लगायत विद्यार्थी र स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले क्षयरोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउँदै रोगका लक्षण, बच्ने उपाय तथा उपचार सम्बन्धी जानकारी दिएका थिए। उनीहरूले क्षयरोग पूर्ण रूपमा निको हुने रोग भएको र यसको औषधि नेपाल सरकारद्वारा निःशुल्क उपलब्ध गराइने व्यवस्था रहेको जानकारी गराए।

वक्ताहरूले क्षयरोग सङ्क्रामक भए तापनि समयमै परीक्षण गरी नियमित रूपमा औषधि सेवन गरेमा पूर्ण रूपमा निको हुन सक्ने भएकाले ढिलाइ नगरी उपचार गर्न सबैलाई आग्रह गरेका थिए। साथै समाजमा क्षयरोगबारे फैलिएका भ्रम हटाउँदै जनचेतना अभिवृद्धि गर्न सबै पक्षले सहयोग गर्नुपर्नेमा पनि जोड दिएका थिए।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित