पर्सा जिल्ला मा करिब ६७ प्रतिशत मतदान, आजै रातिबाट मतगणना सुरु गर्ने

 

हरिकिशोर शर्मा / फागुन २१ जिराभवानी पर्सा ।

 

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार पर्सा जिल्ला मा करिब ६७ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा सम्पन्न मतदानमा औसतमा करिब ६७ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मी ले जानकारी दिएका छन्।

उनका अनुसार पर्साका चारवटै निर्वाचन क्षेत्रमा कुल ३ लाख ७६ हजार ५ सय १३ मतदाता रहेका छन्। तीमध्ये करिब २ लाख ५२ हजार मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। कुनै पनि क्षेत्रमा एक लाखभन्दा बढी मत खसेको छैन। हाल प्रारम्भिक तथ्यांक मात्र प्राप्त भएको र बिहीबार राति करिब १० बजेसम्म अन्तिम विवरण आउने रेग्मीले बताएका छन्।

मतदान सम्पन्न भइसकेपछि विभिन्न मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गर्ने काम जारी रहेको छ। रेग्मीका अनुसार पर्सा क्षेत्र नम्बर–१ र २ को मतगणना ठाकुरराम क्याम्पस, वीरगञ्ज मा गरिनेछ भने क्षेत्र नम्बर–३ र ४ को मतगणना पोखरिया नगरपालिका स्थित उच्चाङ्गल माध्यमिक विद्यालय मा हुने जनाइएको छ।

मतपेटिका सङ्कलन कार्य सम्पन्न भएपछि सर्वदलीय बैठक डाकी बिहीबार रातिबाटै मतगणना सुरु गर्ने तयारी भइरहेको निर्वाचन कार्यालयले जनाएको छ।

यसैबीच सप्तरी जिल्ला मा भने ५५.४३ प्रतिशत मतदान भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित