वीरगंज पब्लिक कलेज द्वारा २ दिने अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना

 

 

अभिलाष गुप्ता

वीरगंज ०७ फागुन

 

वीरगंज पब्लिक कलेज (BPC) ले “The Future of Work, Innovation and Sustainability in Global Management Practice” विषयमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। उक्त सम्मेलन University Grants Commission Nepal (UGC Nepal) को सहयोगमा सञ्चालन हुन लागेको हो।

 

सम्मेलनको मुख्य उद्देश्य विश्व व्यवस्थापन अभ्यासमा देखिएका नयाँ प्रवृत्ति, डिजिटल रूपान्तरण, नवप्रवर्तन, दिगोपन तथा भविष्यको कार्यपरिवेशसम्बन्धी विषयमा गहन शैक्षिक विमर्श गर्नु रहेको कलेजले जनाएको छ। सम्मेलनमा नेपालसहित विभिन्न देशका प्राध्यापक, अनुसन्धानकर्ता, नीति निर्माता, उद्योगी व्यवसायी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहनेछ।

 

कलेजका क्याम्पस प्रमुख डा. बिनय श्रेष्ठले यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूले नेपाली उच्च शिक्षालाई विश्वस्तरमा चिनाउन तथा अनुसन्धान–आधारित शैक्षिक वातावरण सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ।

 

त्यसैगरी, शैक्षिक संयोजक इन्जिनियर जयकिशन कुमारका अनुसार सम्मेलनमा १८० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत गरिनेछन्। उहाँले जानकारी दिनुहुँदै भन्नुभयो कि प्रस्तुत हुने शोधपत्रहरू व्यवस्थापन (Management) क्षेत्रका Master’s, MPhil तथा PhD Scholars द्वारा तयार पारिएका अनुसन्धानमूलक कार्यहरू हुनेछन्। यसले व्यवस्थापन अध्ययन, नवप्रवर्तन, दिगो विकास तथा विश्वव्यापी व्यवस्थापन अभ्यासमा नयाँ दृष्टिकोण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

 

अन्तर्राष्ट्रिय प्रमुख वक्ताहरू सम्मेलनमा क्यानडा, भारत, पोल्याण्ड, बंगलादेश र दक्षिण अफ्रिकाबाट प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रमुख वक्ताहरू (Keynote Speakers) को सहभागिता रहने आयोजकले जनाएको छ।

सम्मेलनका मुख्य आकर्षणहरू पाँच विभिन्न देशका अन्तर्राष्ट्रिय प्रमुख वक्ताहरू १८० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुति Master’s, MPhil तथा PhD Scholar हरूद्वारा शोधपत्र प्रस्तुति प्यानल छलफल तथा अन्तरक्रिया सत्र उत्कृष्ट अनुसन्धानपत्रलाई प्रकाशनको अवसर बिरगंज पब्लिक कलेजले विगतदेखि नै गुणस्तरीय शिक्षा, अनुसन्धान तथा अन्तर्राष्ट्रिय सहकार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

 

यस सम्मेलनमार्फत कलेजले अन्तर्राष्ट्रिय शैक्षिक सञ्जाल विस्तार गर्नुका साथै भविष्यको व्यवस्थापन अभ्यासमा नवीन सोच, दिगोपन र नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।उक्त सम्मेलनमा सम्पूर्ण सञ्चारकर्मी, शिक्षाविद्, अनुसन्धानकर्ता तथा सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि कलेजले हार्दिक अनुरोध गरेको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित