बारा, २०८२ फागुन ६ — मधेश प्रदेशकी संस्थापक तथा केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्य ममता शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छन्।
केन्द्रीय कार्यालय, काठमाडौंलाई सम्बोधन गर्दै उनले आसन्न फागुन २१ गतेको निर्वाचन प्रक्रिया, पार्टीको निर्णय पद्धति तथा कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा घोषणा गरेकी हुन्।

त्यसैगरी, पार्टीका निर्णयहरू आर्थिक अनियमितताबाट प्रभावित भएको दाबी गर्दै उनले यस्तो परिस्थितिमा मौन बस्न नसक्ने जनाएकी छन्। आत्मसम्मान र राजनीतिक मूल्यमा आँच पुग्ने अवस्था सिर्जना भएकाले आजकै मितिदेखि लागू हुने गरी साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको उल्लेख गरेकी छन्।
शर्माले आफ्नो कार्यकालमा पार्टीले दिएको अवसर, अभिभावकत्व र सहकार्यप्रति आभार व्यक्त गर्दै औपचारिक रूपमा पार्टीबाट अलग भएको घोषणा गरेकी छन्।









