दुर्गा प्रसाईका समर्थकहरू रिहा

 

 

वीरगंज फाल्गुन ५ गते।

 

पर्सा/दुर्गा प्रसाईं पक्राउ परेको विरोधमा आज वीरगंजको घन्टाघरमा बिरोधको कार्यक्रममा पर्सा प्रहरीले ६ जना अभियन्ताहरुलाई आफ्नो नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेहरूमा तत्कालीन जिल्ला विकास समितिका दुईकार्यकाल बसेका पुर्वसभापति शम्भु चौरसिया अजय पौडेल अशोक यादव उदित सहनी मेहन्दीहशन गद्दी राप्रका नेता

किरणमान डङ्गोल लगायतका रहेका थिए।

 

मध्यरातमा दुर्गा प्रसाईंका निजिनिवाश बाट भक्तपुरका एसपी लगायत सयौका संख्यामा रहेका सुरक्षाकर्मीहरुले प्रसाईलाई नियन्त्रणमा लिएको थियो। प्रसाईं पक्राउ परेलगतै देशैभरी आन्दोलनको माहोल सिर्जना भएको छ। सरकारले प्रसाईलाई पटकपटक पक्राउ गर्दै छोडने गरेकोछ। एकातिर निर्वाचनको मिति तोकेका सरकारले अर्कोतिर प्रसाईलाई यसरी पक्राउ गर्दा निर्वाचन भाडिने हो कि सर्वसाधारणले आकलन गर्नथालेका छन्।

 

यद्यपि पर्सा प्रहरीले पक्राउ गरेका ६ जनालाई आजै रिहा गरेको छ। रिहाई लगतै उनिहरुलाई माला र अबिर लगाउदै राप्रपा पर्साका नेताहरूले स्वागत गरेका थिए। जिल्ला प्रहरी पर्साको प्राङ्गनमा पुगेका पर्साका नेताहरू जलेशवर सरार्फ,राजेशकुमार गुप्ता,पवन साह,विद्यार्थीनेता दिपेश साह नगिना यादव लगायतका नेताहरूले अबिरमाला लगाई स्वागत गरेका थिए।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित