उमेश राम
पर्सा, ५ फागुन – नेपाली कम्युनिष्ट पार्टी पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार मनोज चौधरीले चुनावी अभियानलाई तीव्रता दिँदै बहुरमाई नगरपालिका वार्ड नं ३ नगरदाहामा घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्।

घरदैलोका क्रममा चौधरीले गाउँ–वस्ती पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका छन्। स्थानीय बासिन्दाका समस्या सुन्दै उनले निर्वाचित भएलगत्तै ती समस्याहरूको प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।
नगरदाहामा गरिएको घरदैलो अभियानका क्रममा आफूले जनताको उल्लेखनीय साथ र समर्थन पाएको चौधरीले सञ्चारकर्मीहरूलाई जानकारी दिए। जनताबाट प्राप्त सकारात्मक प्रतिक्रिया र सहयोगले आफू उत्साहित भएको उनको भनाइ थियो।
कार्यक्रममा नेता नगेन्द्र चौधरी, रामचन्द्र साह, किशोरी कुश्वाहा, बृजलाल पासवान, विपिन यादव, बिरेन्द्र यादव, सोम लामा, शेष हारुन लगायत स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। घरदैलो अभियानमार्फत उम्मेदवार चौधरीले चुनावी माहोल थप तताएको बताए ।









