निर्वाचन नजिकिँदै गर्दा मतदाता सचेतना कार्यक्रम देशभर सञ्चालन

 

 

काठमाडौँ, ३ फाल्गुन २०८२

प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा आजदेखि देशभर मतदाता सचेतना कार्यक्रम सञ्चालनमा आएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदाता शिक्षा तथा निर्वाचन शिक्षा निर्देशिका, २०७८ बमोजिम विशेष कार्यक्रम लागू गरेको जनाएको छ।

 

आयोगका अनुसार आम नागरिकलाई मताधिकारको महत्व, मतदान प्रक्रियाको विधि र मतपत्र प्रयोगसम्बन्धी जानकारी दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। प्रभावकारी मतदाता शिक्षामार्फत निर्वाचनमा मतदाताको सहभागिता बढाउने र बदर मतको अनुपात घटाउने लक्ष्य राखिएको आयोगले जनाएको छ।

 

आजदेखि सुरु भएको यो कार्यक्रम फागुन १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहअन्तर्गत ६ हजार ७४३ वडामा सञ्चालन हुनेछ। प्रत्येक वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ। ती स्वयंसेवकहरूले बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रमार्फत मतदान गर्ने तरिका र निर्वाचनको महत्वबारे जानकारी गराउनेछन्।

 

निर्वाचन आयोगका सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सातै प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, उम्मेदवार तथा सञ्चार क्षेत्रलगायत सबै सरोकारवालासँग सहयोग, समन्वय र सहजीकरणको आग्रह गरिएको छ।

 

आयोगले मतदाता शिक्षा कार्यक्रमलाई सफल बनाउन सबै नागरिकलाई सक्रिय सहभागिताका लागि आह्वानसमेत गरेको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित