वीरगंज, १७ माघ
वीरगंज महानगरपालिका वडा नं. २६, अठराहा सुगौलीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शुशिल साह कानुले आज घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रममा मुख्य रूपमा युवावर्गको सशक्तिकरण र शिक्षाको महत्वमाथि जोड दिइएको थियो।
कार्यक्रममा उपस्थित स्थानीय बासिन्दा, युवाहरु र पार्टीका सक्रिय कार्यकर्ताले उम्मेदवारको योजनाप्रति उत्साह व्यक्त गरे। शुशिल साह कानुले आफ्नो सम्बोधनमा भने, “हाम्रो लक्ष्य युवालाई अवसर दिने, शिक्षामा पहुँच बढाउने र स्थानीय विकासमा सबैको सहभागिता सुनिश्चित गर्ने हो।”
उनले आगामी दिनमा विद्यालय र युवाकेंद्रहरुको विकास, छात्रवृत्ति कार्यक्रम विस्तार, र पेशागत तालिमका अवसरहरु सिर्जना गर्ने योजनाहरुको बारेमा पनि जानकारी दिएका छन्।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले उम्मेदवारलाई सफलताको शुभकामना दिएका र स्थानीय विकासका लागि एकजुट भएर काम गर्ने प्रतिबद्धता जनाएका छन्









