पर्सा क्षेत्र नं. १ मा कांग्रेसको ‘चुनावी तरंग’ एकताबद्ध अभियानमा अजय दिबेदी र अरबिन्द्र गुप्ता

वीरगंज,पर्सा

नेपाली कांग्रेस क्षेत्र नं. १ मा चुनावी माहोल थप तातेको छ। उम्मेदवार अनिल रुङ्टालाई विजयी बनाउने लक्ष्यसहित नेपाली कांग्रेस पर्साका पूर्व सभापति अजय दिबेदी र नेता अरबिन्द्र गुप्ता एकजुट भएर आजदेखि सशक्त चुनावी अभियानमा होमिएका छन्।

 

आज भएको विशेष भेटघाट कार्यक्रममा बोल्दै पूर्व सभापति अजय दिबेदीले कांग्रेसभित्रको एकता र साझा लक्ष्यलाई जोड दिँदै भने,“हामी एक छौं, हाम्रो बाटो एक छ र हाम्रो लक्ष्य पनि एक छ। क्षेत्र नं. १ मा कांग्रेसको जित सुनिश्चित गर्न हामी सबै एक ढिक्का भएर अगाडि बढेका छौं।”

 

नेतृत्वबीचको यो एकताले कार्यकर्ता तथा समर्थकहरूमा नयाँ उत्साह थपेको छ। कांग्रेसको एकताबद्ध प्रयास र सक्रिय जनसम्पर्क अभियानले क्षेत्र नं. १ मा चुनावी तरंग सिर्जना भएको स्थानीय मतदाताहरूको भनाइ छ।

 

नेपाली कांग्रेसको यो एकजुट पहलले अनिल रुङ्टाको जितलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित