रक्सौल, पूर्वी चम्पारण — आईसीपी रक्सौलको तत्वावधानमा ‘फिटनेस रन–जिरो लाइन’ कार्यक्रमअन्तर्गत साढे दुई किलोमिटर म्याराथन दौड सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन भारतीय महावाणिज्य दूतावास, वीरगञ्जका कन्सुलर जनरल डी.एस. मीना, कन्सुलर महेश दास, पाटन प्रशासक कुमार राजीव रञ्जन, रक्सौलका सहायक भन्सार आयुक्त राघवेन्द्र साह, एसएसबी डेपुटी कमान्डेन्ट दीपक कृष्णलगायत विशिष्ट अतिथिहरूले धावकहरूलाई झण्डा देखाएर गर्नुभएको थियो।
दौड दिल्लीकी पूर्व एसियाली म्याराथन च्याम्पियन डा. सुनिता गोदाराको मार्गदर्शनमा सम्पन्न भएको हो। उनले यस्ता फिटनेस गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि कन्सुलर जनरल डी.एस. मीनाले स्वस्थ शरीर, तन्दुरुस्ती तथा शान्त र एकाग्र मनका लागि नियमित दौड र व्यायाम अत्यन्तै आवश्यक रहेको बताउनुभयो। यस्ता कार्यक्रमले पारस्परिक प्रेम, सद्भाव र भ्रातृत्वलाई सुदृढ बनाउने उहाँको भनाइ थियो।

कार्यक्रमको अध्यक्षता पाटन प्रशासक कुमार राजीव रञ्जनले गर्नुभएको थियो। अध्यक्षीय मन्तव्यमा उहाँले द्रुत गतिमा अगाडि बढिरहेको आधुनिक जीवनशैलीका कारण मानिसहरू आफ्नो स्वास्थ्यप्रति लापरवाह बन्दै गइरहेको र त्यसको परिणामस्वरूप विभिन्न गम्भीर रोगहरू बढ्दै गएको उल्लेख गर्नुभयो। यस कार्यक्रमको मुख्य उद्देश्य सीमावर्ती क्षेत्रका नागरिकहरूमा स्वास्थ्यप्रति चेतना फैलाउनु, आपसी एकता सुदृढ गर्नु तथा नियमित व्यायाम र दौडतर्फ प्रेरित गर्नु रहेको आयोजकले जनाएका छन्।
म्याराथनमा विद्यालयका विद्यार्थीहरू, सीमावर्ती गाउँका बासिन्दा, आईसीपीका कर्मचारीहरू तथा एसएसबीका जवानहरू सहित करिब २५० जनाको सहभागिता रहेको थियो। प्रतियोगिताका विजेता तथा उपविजेताहरूलाई पदक र शिल्ड प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रममा लायन्स क्लब रक्सौलका अध्यक्ष लायन विमल सर्राफ, शिखा रञ्जन, आईसीपीका कर्मचारीहरू श्यामबाबु सिंह, रमनकुमार झा, अख्तर सैफी, कुन्दन कुमार, विभिन्न विद्यालयका शिक्षकहरू भिक्टर डेका, कुन्दन पाण्डे, नारायण प्रसाद, प्रदीपकुमार दासलगायतको उल्लेखनीय उपस्थिति रहेको









