जनमत पार्टीद्वारा पर्साका चारै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा उम्मेदवार सिफारिस

अभिलाष गुप्ता

वीरगंज ०८ पौष

 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जनमत पार्टीले पर्सा जिल्लाका चारै निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गरेको छ।मंसिर २९ गते सम्पन्न जनमत पार्टीको क्षेत्रीय बैठकले पर्साका चार वटै निर्वाचन क्षेत्रका लागि कुल ८ जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको हो।

 

सिफारिसअनुसार पर्सा क्षेत्र नम्बर १ बाट जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ र केन्द्रीय सदस्य श्यामप्रसाद गुप्ताको नाम अघि सारिएको छ। पर्सा क्षेत्र नम्बर २ बाट पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतसहित केन्द्रीय सदस्य अनुराग द्विवेदी, हरिहर प्रसाद साह र बृजकिशोर प्रसाद कलवारको नाम सिफारिस गरिएको छ।

 

यसैगरी पर्सा क्षेत्र नम्बर ३ बाट केन्द्रीय सदस्य मालती कुमारी कुशवाहा र क्षेत्र नम्बर ४ बाट केन्द्रीय सदस्य सीमादेवी कलवारको नाम उम्मेदवारका रूपमा सिफारिस गरिएको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए।

 

पार्टीले संगठन सुदृढीकरण र जनसमर्थनलाई आधार मानेर उम्मेदवार सिफारिस गरिएको जनाएको छ। अन्तिम उम्मेदवारको टुंगो पार्टीको केन्द्रीय निर्णयबाट लाग्ने बताइएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित