पर्सा — पकाहा मैनपुर गाउँपालिकामा देखिएको शैक्षिक असमानतामाथि चासो जनाउँदै युवा नेता तथा पकाहा मैनपुर युवा सञ्जालका अध्यक्ष अकलेस कुमार साहले कक्षा १० का विद्यार्थीहरूको शैक्षिक भ्रमण निःशुल्क गराउने पहल गरेका छन्।
श्री राम चरित्र भगत माध्यमिक विद्यालयले शैक्षिक भ्रमणका लागि पालिकाबाट रु. १ लाख ६० हजार बजेट पाएको थियो। तर रकम पर्याप्त नपरेपछि विद्यालयले विद्यार्थीप्रति रु. २,००० उठाउने निर्णय गरेको थियो। उक्त निर्णयले गरीब तथा आर्थिक रूपमा कमजोर विद्यार्थी भ्रमणबाट वञ्चित हुने स्थिति बनेपछि अभिभावक र विद्यार्थी दुवै विचलित बनेका थिए।
यही समस्यालाई मध्यनजर गर्दै युवा नेता अकलेस साहको सक्रियतामा युवाहरूले अतिरिक्त खर्च आवश्यक रकम जुटाए। फलस्वरूप, आर्थिक अवस्था कमजोर विद्यार्थीलाई समेत समेट्दै सबै विद्यार्थीलाई निःशुल्क शैक्षिक भ्रमण गराउने व्यवस्था मिलाइयो।
स्थानीय बासिन्दाहरूका अनुसार, साहले विद्यालय र समुदायबीच समन्वय गरी समयमै समस्या समाधान गरेपछि अभिभावक र विद्यार्थी दुवैमा उत्साह देखिएको छ।
पकाहा मैनपुरमा शिक्षा क्षेत्र कमजोर बन्दै गएको र विद्यालयहरूको अवस्था बिग्रिंदै गएको भन्दै साहले यसअघि पनि सरोकारवालाको ध्यानाकर्षण गर्दै आएका थिए। उनका अनुसार, “राष्ट्र निर्माणको मूल आधार शिक्षा हो। आर्थिक अभावका कारण कुनै विद्यार्थीले अवसर गुमाउनु अन्याय हो।”
उनीले नयाँ पुस्ताले समाज परिवर्तन र विकासमा सक्रिय भूमिका खेल्नुपर्ने उल्लेख गर्दै, जिम्मेवार, पारदर्शी र दूरदर्शी नेतृत्व नै वर्तमान आवश्यकताको माग भएको बताए।
युवा नेता अकलेस साहको पहलमा गाउँपालिका प्रमुख सुरेश प्रसादले ९०,०००/- नबे हजार रुपैया रुपैया थपेका हुन।
स्थानिय स्तरमा समस्याको समाधान खोज्दै अघि बढ्ने साहको यो भूमिकाले उनलाई उदाउँदो, व्यवहारिक र जनमुखी युवा नेतृत्वका रूपमा चिनाउने काम गरेको छ।









