सर्वोच्चको फैसला दुबै तर्फको जीत जस्तै : मुख्यमन्त्री यादवले २४ घण्टाभित्र विश्वासको मत लिनु पर्ने

काठमाडौँ । सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन आदेश दिएको छ।

 

गैरसंवैधानिक तरिकाले यादवलाई नियुक्त गरिएको आरोपसहित ७३ जना प्रदेशसभा सदस्यले दायर गरेको रिटमा सर्वोच्चले यस्तो निर्देश दिएको हो।

 

आदेशअनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिन प्रस्ताव प्रदेशसभामा पेस गर्नुपर्नेछ।

 

विश्वासको मत प्राप्त भएको खण्डमा उनी पदमा निरन्तर रहनेछन्, तर मत नपाएमा अर्को राजनीतिक विकल्पको प्रक्रिया अघि बढाउनुपर्ने सर्वोच्चको निर्देश छ।

 

सर्वोच्चले प्रदेश प्रमुखलाई संविधानको धारा १६८(२) बमोजिम नयाँ संयुक्त सरकार गठनको प्रक्रिया आरम्भ गर्न व्यवस्था मिलाउन समेत आदेश दिएको छ।

सभार: शिरीष न्युज

 

सम्बन्धित पोस्टहरुः