धार्मिक आस्था जगेर्ना गर्ने मण्डलीलाई चौधरीको ८ हजार सहयोग

 

पर्सा । जगरनाथपुर गाउँपालिका–६, माधोपुरमा वर्षौंदेखि धार्मिक आस्था तथा संस्कृतिको संरक्षण गर्दै निरन्तर भजन–कीर्तन र शिवचर्चा गर्दै आएको मण्डलीलाई बृजेश्वर प्रसाद चौधरीले आर्थिक सहयोग गर्नुभएको छ।

मण्डलीका अगुवा जगरनाथ साहलाई भजन–कीर्तनका क्रममा प्रयोग हुने बाजागाजा तथा आवश्यक सामग्री खरिद गर्न चौधरीले ८ हजार रुपैयाँ सहयोग उपलब्ध गराउनुभएको हो।

माधोपुरमा लामो समयदेखि स्थानीयस्तरमा धार्मिक आस्था र आध्यात्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क रूपमा भजन–कीर्तन तथा शिवचर्चा सञ्चालन हुँदै आएको छ। मण्डलीका सदस्यहरूले आफ्नो समय र श्रम खर्चिएर धार्मिक गतिविधिलाई निरन्तरता दिँदै आएका छन्।

सहयोग प्रदान गर्दै चौधरीले समाजमा दिनदुःखी, असहाय तथा विपन्न वर्गलाई सहयोग गर्नुका साथै धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक क्षेत्रमा निःस्वार्थ रूपमा योगदान पुर्‍याइरहेका व्यक्तिहरूलाई पनि प्रोत्साहन र सहयोग आवश्यक रहेको बताउनुभयो।

उहाँले मनको शान्ति, सामाजिक सद्भाव तथा धार्मिक आस्थाको संरक्षणका लागि आफ्नो अमूल्य समय दिँदै आएका भजन–कीर्तनमा संलग्न व्यक्तिहरूलाई आवश्यक सामग्रीको व्यवस्थापनमा सक्दो सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।

चौधरीबाट प्राप्त सहयोगले भजन–कीर्तन तथा शिवचर्चालाई थप व्यवस्थित र प्रभावकारी रूपमा निरन्तरता दिन सहयोग पुग्ने मण्डलीका अगुवा जगरनाथ साहले बताउनुभएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित