ठोरीमा दशौँ ब्रह्मानगर गोल्ड कप फुटबल प्रतियोगिता सुरु

 

हरिकिशोर शर्मा / असोज १५ जिराभवानी पर्सा ।

पर्साको ठोरी गाउँपालिका–३, ब्रह्मानगरमा दशौँ ब्रह्मानगर गोल्ड कप २०८३ फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुली कुमारी रेग्मीले गर्नुभएको हो ।

ब्रह्मानगरमा आयोजना गरिएको प्रतियोगिता ९ ए साइड फुटबल प्रारूपमा सञ्चालन भइरहेको छ । प्रतियोगिता ठोरी–३, ब्रह्मानगरस्थित खेलमैदानमा उद्घाटन खेल सभइरहेको छ । प्रतियोगिताको विजेता टोलीले रु. ४० हजार ४४४ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु. २५ हजार ५२५ नगद पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै, प्रतियोगितामा अधिकतम गोलकर्तालाई रु. २,५२५/- तथा उत्कृष्ट गोलकिपरलाई रु. १,१११/- नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

उद्घाटन समारोहमा जनप्रतिनिधि, विभिन्न पार्टीका प्रतिनिधि, समाजसेवी, पत्रकार, खेलाडी तथा खेलप्रेमी दर्शकहरूको उपस्थिति थियो ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित