संयुक्त राष्ट्रसंघ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै

 

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन आज अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्दै छन्।

प्रधानमन्त्री शाह चार सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क जान लागेका हुन्। भ्रमण तालिकाअनुसार उनले आगामी असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

महासभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले पछिल्लो समय नेपालमा भोटेकोशी बाढीलगायत प्राकृतिक विपद्बाट भएको ठूलो जनधनको क्षति र त्यसका पछाडि देखिएका जलवायु परिवर्तनका असरबारे अन्तर्राष्ट्रिय समुदाय तथा संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराउने तयारी गरेका छन्।

महासभाको पूर्वतयारी तथा अन्य उच्चस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल यसअघि नै असोज ४ गते न्युयोर्क पुगिसकेको छ।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित