नेपाली कांग्रेस जिराभवानी–१ मा वडा अधिवेशन तयारीका लागि छलफल सम्पन्न

 

 

हरिकिशोर शर्मा / भदौ ३१, जिराभवानी पर्सा ।

पर्साको जिराभवानी गाउँपालिका–१ महादेवपट्टीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन तयारीका लागि आज सामूहिक छलफल तथा बैठक सम्पन्न भएको छ।

नेपाली कांग्रेस वडा सभापति मोहम्मद शेख ग्यासुदिनको अध्यक्षतामा बसेको बैठकमा आगामी वडा अधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्ने विषयमा छलफल गरिएको थियो।

छलफल कार्यक्रममा जिराभवानी गाउँपालिका उपाध्यक्ष रेखा चौधरी, जिराभवानी गाउँपालिका–१ का पूर्व वडा अध्यक्ष शेख नुमान आजम, पूर्व वडा सदस्य सोमनाथ सापकोटालगायत समाजसेवी, युवा तथा स्थानीय गाउँ–टोलका बासिन्दाहरूको उपस्थिति रहेको थियो।

बैठकमा आगामी २०८३ साल असोज ३ र ४ गते नेपाली कांग्रेसको वडा अधिवेशन आयोजना गरिने जानकारी वडा सभापति ग्यासुदिनले दिएका छन्।

अधिवेशनलाई सफल र व्यवस्थित बनाउन स्थानीय नेता, कार्यकर्ता तथा सरोकारवालाबीच आवश्यक समन्वय र सहकार्य गर्ने विषयमा समेत छलफल भएको बताइएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित