बाढीपहिरोमा ज्यान गुमाएकाप्रति शिक्षक यादवद्वारा हिन्दु परम्पराअनुसार कपाल मुण्डन

रन्धिर साह

रौतहट । रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा भदौ १० गते आएको भीषण बाढीपहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा समवेदना प्रकट गर्दै रौतहटका एक शिक्षकले हिन्दु परम्पराअनुसार कपाल मुण्डन गरेका छन्।

देवाही गोनाही नगरपालिका–९, धरहरीस्थित श्री जय किसान नमुना माध्यमिक विद्यालयका शिक्षक रामानन्द प्रसाद यादवले मृतकप्रति सम्मान र चिरशान्तिको कामना गर्दै १३औँ पुण्यतिथिका अवसरमा कपाल मुण्डन गरेका हुन्।

बाढीपहिरोमा परी ज्यान गुमाएका सम्पूर्ण मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शिक्षक यादवले शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी ईश्वरसँग प्रार्थना गरेका छन्।

प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेप्रति व्यक्तिगत रूपमा श्रद्धाञ्जली व्यक्त गर्दै यादवले मानवीय संवेदना र एकताको सन्देशसमेत दिएका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित