कर्ण स्मृति केन्द्रद्रारा ठोरीका SEE टपर विद्यार्थीहरुलाई सांसद टेकबहादुर शाक्यद्वारा पुरुस्कृत 

 

हरिकिशोर शर्मा / जेठ ४ जिराभवानी पर्सा ।

ठोरी गाउँपालिकामा कर्ण स्मृति केन्द्रद्वारा आयोजित गाउँपालिका स्तरीय SEE परीक्षा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ । सरस्वती माध्यमिक विद्यालय, गौतमनगर ठोरीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सांसद टेक बहादुर शाक्य ले नगदसहित पुरस्कार वितरण गर्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिका स्तरीय SEE परीक्षामा प्रथम हुने अन्सु खनाललाई प्रमाणपत्रसहित रु. २१ हजार तथा द्वितीय हुने अन्जल अर्याललाई प्रमाणपत्रसहित रु. ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । कर्ण स्मृति केन्द्रका संयोजक सन्तोष श्रेष्ठले ट्रस्टले विगत केही वर्षदेखि ठोरी क्षेत्रको शैक्षिक सुधारका लागि विभिन्न कार्यक्रम तथा शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शाक्यले यस वर्ष SEE परीक्षाको नतिजा ठोरीमा अपेक्षाअनुसार नभए पनि त्यसलाई सिकाइको अवसरका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रमा ३.६६ GPA हासिल गर्नु सानो उपलब्धि नभएको उल्लेख गर्दै प्रथम हुने अन्सु खनाललाई विशेष बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि वडा अध्यक्ष अमृतकृष्ण सापकोटा, शिक्षा प्रमुख भूपाल जोशी, सन्तोष श्रेष्ठ, धीर सिंह लगायतले पनि मन्तव्य राख्नुभएको थियो । कर्ण मेमोरियल ट्रस्टका संस्थापक सदस्य अमित श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक रमेश नेपालले गर्नुभएको थियो ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित