दुर्गा प्रसाईं जेष्ठ ५ गते वीरगंज आउने, गहवामाई मन्दिरमा दर्शन गर्ने कार्यक्रम

 

वीरगंज । “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान” का अभियन्ता दुर्गा प्रसाईं जेष्ठ ५ गते मंगलबार वीरगंज आउने कार्यक्रम तय भएको छ।

महाअभियान पर्साका संयोजक शम्भु प्रसाद चौरसिया ले जानकारी दिँदै प्रसाईंको वीरगंज आगमनसँगै धार्मिक तथा भेटघाट कार्यक्रमसमेत आयोजना गरिएको बताए।

उनका अनुसार दुर्गा प्रसाईं मंगलबार बिहान ११ बजे वीरगंजस्थित गहवामाई मन्दिर मा पुगेर पूजा–अर्चना तथा दर्शन गर्ने कार्यक्रम रहेको छ। त्यस अवसरमा महाअभियानसँग आबद्ध नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको संयोजक चौरसियाले बताए।

महाअभियानले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक अधिकारको संरक्षणका विषयलाई केन्द्रमा राख्दै देशका विभिन्न स्थानमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। वीरगंजमा हुने कार्यक्रमलाई पनि सोही अभियानअन्तर्गत महत्वपूर्ण कार्यक्रमका रूपमा हेरिएको आयोजक पक्षले जनाएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित