सीमाक्षेत्रमा तस्करी नियन्त्रण कडा पार्ने तयारी, गृहमन्त्री गुरुङसँग सांसदहरूको गहन छलफल

 

काठमाडौं/ बैसाख ४ गते

सीमापार हुने तस्करी नियन्त्रण र यसको प्रभावकारी व्यवस्थापनका विषयमा गृहमन्त्री सुधन गुरुङले मधेश तथा लुम्बिनी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग विस्तृत परामर्श गरेका छन्।
गृह मन्त्रालयमा आयोजित छलफलमा सहभागी सांसदहरूले वर्तमान भन्सार प्रणालीलाई समयानुकूल परिमार्जन गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले भन्सार दर संरचनाको पुनरावलोकन गर्दै सीमाक्षेत्रमा निगरानी तथा अनुगमन संयन्त्रलाई थप सुदृढ र प्रभावकारी बनाउन आवश्यक रहेको सुझाव प्रस्तुत गरे।
त्यसैगरी, कृषि सामग्री तथा मलखादको आयात प्रक्रियालाई सरल र सहजरूपमा व्यवस्थापन गर्नुपर्ने धारणा पनि राखिएको थियो। सीमावर्ती क्षेत्रका बासिन्दाको दैनिक जीवन सहज बनाउन निश्चित सीमाभित्र दैनिक उपभोग्य वस्तुमा भन्सार छुट दिने व्यवस्था लागू गर्न मापदण्ड तयार गर्नुपर्ने प्रस्तावसमेत छलफलमा उठाइएको थियो।
छलफलका क्रममा उठेका विषयहरूमध्ये गृह मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने विषय तत्काल कार्यान्वयन गरिने गृहमन्त्री गुरुङले जानकारी दिए। साथै, अर्थ मन्त्रालयसँग सम्बन्धित विषयहरूमा आवश्यक समन्वय गर्दै व्यवहारिक समाधान खोजिने पनि उनले स्पष्ट पारे।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित