हरिकिशोर शर्मा / चैत २४ जिराभवानी पर्सा ।
पर्साको पोखरिया नगरपालिका मा संचालन मा रहेको मालपोत कार्यालय मा अहिले सम्म १३ करोड ४५लाख १० हजार १ सय ५५ रुपैया राजस्व संकलन भएको मालपोत कार्यालय पोखरिया का प्रमुख रामजी साह ले जनाए का छन। २०८१ चैत १५ गते देखि संचालन भएको मालपोत कार्यालय पोखरिया बाट एकद्वार प्रणालीबाट सेवा प्रवाह भईरहेको सेवाग्राही हरु ले खुशी महसुस गरेका छन। मालपोत कार्यालय मा २०८१.११चैत .१५गते देख संचालन मा अाएका ८२/३/३१ असाढ महिना सम्म मालपोत मा लागने बिभिन शीर्षक मुदा फाट,राजिस्ट्र लगायत बाट ३ करोड ९९ लाख ४४ हजार १ सय ६० रुपैया राजस्व संकलन भएको छ। त्यसै गरि २०८२/८३ मा ९ करोड ४५ लाख ६५ हजार ९ सय ९५ रुपैया राजस्व गरि जमा १३ करोड ४५ लाख १० हजार १ सय ५५ रुपैयाँ राजस्व संकलन गरिएको प्रमुख साह ले बताए । प्रमुख साह का अनुसार मालपोत कार्यालय पोखरिया मा कुनै किसिम का नगद कारोबार हुदैन सबै मालपोत कार्यालय मा तिर्नु पर्ने राजस्व रास्ट्रिय बाणिज्य बैंक पोखरिया को राजस्व खाता मा जम्मा गरि भौचर पेश गर्नु पर्छ।तिर्नु पर्ने राजस्व मा एक रुपैया कम भएमा कम्प्युटर मा लिदैन भौचर रुज हुदैन ।कुनै लिखतमा कति राजस्व लागनु पर्ने हो कुन किता जग्गा को काम समान्त हुदा कति राजस्व संकलन भयो सबै रेकर्ड पारदर्शी तरिका ले अनलाईन सिस्टम तथा हाल्ड युप्यु मा राखिएको प्रमुख साह ले बताए । पोखरिया मा मालपोत कार्यालय नहुदा यो क्षेत्रका जनता हरु लाई बिरगंज मा गएर काम गराउने र बढि पैसा पनि खर्च हुने र सम्यमा काम नहुने दिन भरि लागने गरेको थियो, र अहिले पोखरिया मालपोत संचालन मा अाएपछी कम खर्च घर बाट खाना खाएर मालपोत पुगेर सहज र सजिलो रुपमा बिना झन्झट काम भईरहेको धोबिनी गाउँपालिका ४ लंगडी का सेवाग्राही लालबाबु जिमदार ले जनाए का छन। सेवाग्राही पोखरिया का जितेन्द्र पटेल ले भने मालपोत कार्यालय मा काम गराउन जादा मालपोत मा लागने राजस्व अाफै गएर मालपोत को राजस्व खाता मा दाखिला गरि सो भौचर ल्याएर जम्मा गरेपछी कम्प्युटर मा रुजु हुन्छ। त्यसपछी काम भईरहेको बताए । अहिले काम सहज र सजिलो बिना झन्झटिलो भएको ले धेरै खुशि लागिरहेको सेवाग्राही पटेल ले बताए ।









