Category: समाचार

वीरगंज, २५ भदौं । वीरगंज कारागारको पर्खाल भत्काएर भाग्ने क्रममा चारजना कैदीलाई नेपाली सेनाले गोली हानेर घाइते बनाएको छ । वीरगंज कारागारका कैदीहरूले कारागारको पर्खाल फोडेर प्वाल बनाएपछि नियन्त्रणका लागि खटिएको सेनाले त्यही प्वालबाट कारागारभित्र गोली चलाएको थियो । सेनाले चलाएको गोली लागेर कैदीहरू विकास जयसवाल, विकास लामा, सन्जिव साह र राजा कुमार घाइते भएका…