Category: समाचार

गोरखा, ३ असोज : संविधान दिवसको अवसरमा लियो क्लब अफ गोरखाद्वारा आयोजित खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका कमल नेपालीले हात पार्नुभएको छ । गोरखा नगरपालिका–९ लक्ष्मीबजारदेखि गोरखा बसपार्कसम्मको चार किलोमिटर दूरी १८ मिनेट २८ सेकेण्डमा पार गर्दै नेपालीले प्रथम स्थान हासिल गर्नुभएको हो । सोही दूरी १८ मिनेट ३४ सेकेण्डमा पार गर्दै सरोज गिरी…