Category: समाचार

वीरगंज ४ असोज । पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीहरूले लालपूर्जा (जग्गाधनी पुर्जा) प्राप्त गर्न थालेका छन् । भूमि समस्या समाधान आयोग, पर्साले शनिवार सखुवा प्रसौनी गाउँपालिका–१, सथवलबाट लालपूर्जा वितरणको औपचारिक शुरूवात गरेको हो । आयोगका अध्यक्ष तबरेज अहमद र सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले संयुक्त रूपमा ४४ जना भूमिहीनलाई लालपूर्जा हस्तान्तरण गरे ।…