Category: समाचार

वीरगंज ६ असोज – पर्सा जिल्लाको पोखरिया नगरपालिका–७, जगतपुर मननपुर गाउँबाट प्रहरीले विशेष सुराकीको आधारमा ठूलो परिणाममा अवैध लागुऔषध चरेस बरामद गरेको छ। आज बिहान १:०० बजे तिर सशस्त्र प्रहरी बल बीओपी प्रसौनी भाठाबाट खटिएको स.प्र.नि. चेतन बाहकोटीको कमाण्डमा ६ जनाको मोटरसाइकल गस्ती टोलीले बाखा राख्ने फुसको छाप्रोमा खोजी गर्दा १९.१२६ के.जी. चरेस फेला पारेको…