Category: समाचार

काठमाडौँ, १० असोजः सडक विभागले दसैँमा काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुका लागि बाटो सहज भइसकेको जनाएको छ । मुलुकका अधिकांश मुख्य राजमार्गको पहिरो पन्छाएर सुधारको काम भइसकेकाले अब यात्रुहरूले सास्ती भोग्न नपर्ने विभागले जनाएको छ । पृथ्वी, अरनिकोलगायत मुख्य राजमार्ग पहिरोका कारण यात्रुहरूले सास्ती भोग्नुपरेको थियो । यसअघि पहिरोका कारण मुग्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध हुँदा…