Category: समाचार

वीरगंज, २३ असोज । साउथ सिटी हिमाल हस्पिटलमा गर्भवती महिला र बच्चाको मृत्यु भएपछि विवाद उत्पन्न भएको छ। वीरगंज महानगरपालिका–१५ भेडियाहीस्थित रहेको सो अस्पतालमा रौतहट, दुर्गाभगवती नगरपालिका–३ भलुवहिया बस्ने वर्ष २८ की रुबी खातुनको प्रसुति गराउने क्रममा मृत्यु भएको हो । बुधवार अस्पताल भर्ना भएकी रुबीको गाइने चिकित्सक डा. प्रीति यादवको रोहबरमा उपचार भइरहेको क्रममा…