Category: समाचार

वीरगंज/ रोगको रोकथाम र नियन्त्रणका लागि सञ्चालन हुन लागेको खोप अभियानलाई प्रभावकारी बनाउन जिल्ला स्वास्थ्य कार्यालय पर्साले पर्सा जिल्लाका सञ्चारकर्मीहरूलाई लक्षित अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय चौहानको अध्यक्षतामा र विश्व स्वास्थ्य संगठन (WHO) का डा. पवन उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यमका पत्रकारको सक्रिय…