Category: समाचार

वीरगंज २६ असोज । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले हैजाको खोप खाएर औपचारिक रूपमा हैजाविरुद्धको अभियानको शुभारम्भ गरेका छन् । उनले खोप सेवनयोग्य सबै उमेर समूहका व्यक्तिहरूलाई खोप खाएर आफू र परिवारलाई सुरक्षित राख्न आग्रह गरेका हुन् । पर्सा र बारा जिल्लामा डेढ महिनादेखि फैलिएको हैजा र झाडापखालाको महामारी नियन्त्रण गर्न…