Category: समाचार

जनकपुर, २८ असोजः मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ । आज प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) अनुसार सिंहले मुख्यमन्त्री पदबाट दिनुभएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेको जानकारी दिएको हो । यसैगरी नेपालको संविधानको धारा १६९ उपधारा…