Author: पवन साह

वीरगंज, पर्सा वीरगंजको माईस्थान चौकमा आज घण्टाघर मिना बजार सामुदायिक समूह र ट्राफिक प्रहरी पर्साको संयुक्त पहलमा ज़ेब्रा क्रसिङ सम्बन्धी जागरूकता अभियान सञ्चालन गरिएको छ।   अभियानको उद्देश्य सवारी साधन चालक तथा पैदल यात्रुमा ट्राफिक नियमप्रति सचेतना अभिवृद्धि गर्दै ज़ेब्रा क्रसिङको सुरक्षित प्रयोगलाई प्रोत्साहित गर्नु रहेको आयोजकहरूले बताए।   कार्यक्रमका क्रममा ट्राफिक प्रहरी टोलीले पैदल…