,

रामगढवा एकता युवा क्लब द्वारा आयोजित खुला रक्तदान कार्यक्रममा ८१ जनाले गरे रक्तदान

पवन साह Avatar
रामगढवा एकता युवा क्लब द्वारा आयोजित खुला रक्तदान कार्यक्रममा ८१ जनाले गरे रक्तदान

वीरगंज । विरगंज महानगरपालिका–२४, रामगढवा एकता युवा क्लबद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सामाजिक उत्तरदायित्व र मानव सेवाको उद्देश्यले आयोजित कार्यक्रममा कुल ८१ जनाले रक्तदान गरेका छन्।

 

क्लबका प्रतिनिधि त्रिलोकी पटेलका अनुसार रक्तदातामध्ये पुरुष ७५ तथा महिला ६ जना रहेका छन्। रक्तदान गर्नेहरूमा नितेश पटेल, जितेन्द्र पटेल, धिरज पटेल, प्रेमचन्द्र पटेल, प्रविण देवी, खुुश्बु कुमारी, लक्ष्मी कुमारी, रमिता देवीलगायत स्थानीय युवाहरू सक्रिय रूपमा सहभागी भएका थिए।

 

कार्यक्रमका प्रमुख अतिथिका रूपमा नेपाल सरकारका पूर्व कानुन मन्त्री अजय कुमार चौरसियाले उद्घाटन गर्नुभएको थियो।

त्यसैगरी विशिष्ट अतिथिका रूपमा मधेश प्रदेशका सांसद श्याम पटेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एसपी सुदिप राज पाठक, सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट प्रहरी वरिष्ठ उपरीक्षक हिर कुमार बस्नेत , प्रहरी वरिष्ठ उपरीक्षक राजु कार्की , तथा ट्राफिक प्रहरी निरीक्षक युवराज कटवाल श्रीपुर प्रहरी नविन थापा मगर र रामगढवा एकता युवा परिवार तथा रोशन कुमार कुर्मीको अध्यक्षता मा कार्यक्रम सम्पन्न भएको छ ।

 

अतिथिहरूले नियमित रक्तदानले जीवनरक्षामा महत्वपूर्ण प्रभाव पार्ने उल्लेख गर्दै रामगढवा एकता युवा क्लबले सञ्चालन गर्दै आएको सामाजिक सेवामूलक अभियानप्रति प्रशंसा व्यक्त गरेका थिए।

 

कार्यक्रममा स्थानीय युवा, समाजसेवी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। रामगढवा एकता युवा क्लबले आगामी दिनमा पनि सामाजिक तथा सेवा–मुखी कार्यक्रमहरू निरन्तर रूपमा गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।