अभिलाष गुप्ता
बीरगंज, २७ कार्तिक
“Spreading Warmth with Love and Purpose” भन्ने भावनाका साथ ब्रह्माकुमारीज (ओम् शान्ति) विश्व दर्शन भवन, बीरगंजको स्वर्ण जयन्ती (Golden Jubilee) विशेष अवसरमा गौतम सोसाइटी फर सोसल वेलफेयर (GASWEL) द्वारा न्यानो कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।
यस सामाजिक सेवा अभियानअन्तर्गत GASWEL ले समाजका विपन्न, ज्येष्ठ नागरिक तथा आवश्यकताका व्यक्तिहरूलाई न्यानो कम्बल (Winter Quilts) वितरण गरी प्रेम, सहानुभूति र सामाजिक उत्तरदायित्वको सन्देश फैलाएको छ।
कार्यक्रमको उद्देश्य जाडो याममा असहाय र जरुरी सहयोग आवश्यक व्यक्तिहरूलाई सहयोग पु–याउँदै “Community Care” अर्थात् सामुदायिक सेवा र मानवीय समर्पणको भावना अभिव्यक्त गर्नु रहेको थियो।
कार्यक्रममा गौतम स्कुलका प्रिन्सिपल गणेश क्षेत्री र शिक्षक शर्मा सर विशेष अतिथिको रूपमा उपस्थित रहनुभयो। उहाँहरूले यस्तो कार्यक्रमले विद्यालय र समाजबीचको सम्बन्ध अझ सुदृढ बनाउने बताउँदै GASWELको सामाजिक प्रतिबद्धताको प्रशंसा गर्नुभयो।
प्रिन्सिपल गणेश क्षेत्रीले भने मानवता सबैभन्दा ठूलो धर्म हो। ब्रह्माकुमारीजजस्तो संस्थाको सेवा र GASWELको पहल समाजमा सकारात्मक प्रेरणा फैलाउने एउटा उदाहरण हो।
त्यस्तै, GASWELका प्रतिनिधिहरूले आगामी दिनमा पनि यस्ता सामाजिक सेवा, स्वास्थ्य सहयोग र शैक्षिक समर्थन कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा ब्रह्माकुमारीज विश्व दर्शन भवनका सदस्य, स्थानीय समाजसेवी, विद्यार्थी, शिक्षक तथा समुदायका अगुवा व्यक्तिहरूको उपस्थिति रहेको थियो।कार्यक्रमको समापनमा उपस्थित अतिथिहरूले संयुक्त रूपमा सबैलाई प्रेम, न्यानोपन र सेवा भावको सन्देश दिँदै स्वर्ण जयन्तीको शुभकामना व्यक्त गरेका थिए।









