,

वीरगंजमा स्वास्थ्य प्रदर्शनी कार्यक्रम सम्पन्न

पवन साह Avatar
वीरगंजमा स्वास्थ्य प्रदर्शनी कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, २४ कार्तिक

 

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत वीरगंज नर्सिङ क्याम्पस, वीरगंज–विर्ता–०४, पर्साद्वारा आयोजित स्वास्थ्य प्रदर्शनी कार्यक्रम आज वीरगंज–१२ स्थित मुर्ली पोखरीको प्राङ्गणमा सम्पन्न भएको छ।

 

कार्यक्रममा प्रमुख अतिथिका रूपमा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह उपस्थित हुनु भएको थियो। मेयर सिंहले स्वास्थ्य शिक्षा र चेतनाको प्रसारका यस्ता प्रदर्शनहरूले समाजमा सकारात्मक प्रभाव पार्ने बताउँदै नर्सिङ अध्ययनरत विद्यार्थीहरूलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा सेवा गर्ने प्रेरणा प्रदान गर्नु भयो।

 

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वीरगंज नर्सिङ क्याम्पसकी प्रमुख कल्पना पौडेल, क्याम्पसका प्राध्यापक, विद्यार्थी, विभिन्न प्रतिष्ठित व्यक्तित्वहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

प्रदर्शनीमा विद्यार्थीहरूले विभिन्न स्वास्थ्यसम्बन्धी जनचेतनामूलक मोडेल, पोषक आहार, सरसफाइ, मातृ–शिशु स्वास्थ्य, रक्तचाप, मधुमेह, मानसिक स्वास्थ्य, र अन्य रोग रोकथामका उपायहरूबारे जानकारी प्रस्तुत गरेका थिए।

 

उक्त कार्यक्रममा सहयोगीका रूपमा वीरगंज महानगरपालिका वडा कार्यालय मुर्ली–१२ तथा रोट्र्याक्ट क्लब अफ युनाइटेड वीरगंज रहेका थिए।

 

कार्यक्रमको समापन सत्रमा सहभागी विद्यार्थी र सहयोगी संस्थाहरूप्रति धन्यवाद ज्ञापन गर्दै आयोजक समितिले स्वास्थ्य र सामाजिक उत्तरदायित्वप्रति निरन्तर सक्रिय रहिरहने प्रतिबद्धता व्यक्त गरेको थियो।