,

केन्द्रिय कारागारबाट फरार ‘कर्तव्य ज्यान’ मुद्दाका कैदी वीरगंजमा पक्राउ

पवन साह Avatar
केन्द्रिय कारागारबाट फरार ‘कर्तव्य ज्यान’ मुद्दाका कैदी वीरगंजमा पक्राउ

वीरगंज, पर्सा ।

 

Generation-Z (Gen-Z) आन्दोलनका क्रममा केन्द्रिय कारागार जगन्नाथदेवल, काठमाडौँबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका दोषी कैदी अखेर पक्राउ परेका छन्।

 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले पर्सा वीरगंज महानगरपालिका–८ बस्ने ३७ वर्षीय दिपक कुमार महरालाई मिति २०८२ साल कार्तिक २३ गते साँझ ४ बजे वीरगंजस्थित स्थानबाट पक्राउ गरेको हो। पर्सा जिल्ला अदालतबाट २५ वर्ष कैद सजाय तोकिएका महरा मिति २०८२ साल भदौ २४ गते Generation-Z आन्दोलनका क्रममा काठमाडौँस्थित केन्द्रिय कारागार, जगन्नाथदेवलबाट फरार भएका थिए।

 

फरार भएपछि आफ्नै गाउँमा लुकीछिपी बस्दै आएको सूचनाको आधारमा प्रहरीले विशेष अपरेशन सञ्चालन गरी उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका महरालाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी कारागार कार्यालय वीरगंजमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिएका छन्।

 

बस्नेतका अनुसार फरार अपराधीको खोजी तथा नियन्त्रण अभियानलाई अझ सशक्त रूपमा अगाडि बढाइने र बाँकी फरार अभियुक्तहरू पनि छिट्टै पक्राउ पर्ने विश्वास लिइएको छ। पर्सा प्रहरीले नागरिक सुरक्षासँग सम्बन्धित मुद्दामा निरन्तर निगरानी र कारबाही जारी राख्ने जनाएको छ।