,

वीरगंजमा समान विचारधारा संगठनको साथ रणनीतिक कार्यशाला गोष्ठी सम्पन्न

पवन साह Avatar
वीरगंजमा समान विचारधारा संगठनको साथ रणनीतिक कार्यशाला गोष्ठी सम्पन्न

अभिलाष गुप्ता

वीरगंज १४ कार्तिक

 

दलित महिला संघ वीरगंज–पर्साको आयोजनामा तथा Womens Fund Asia को सहयोगमा दुई दिने “समान विचारधारा संगठनको साथ रणनीतिक कार्यशाला गोष्ठी” सम्पन्न भएको छ।

 

उक्त गोष्ठी वीरगंजस्थित होटेल बिरगंज गेटवेमा कार्तिक १३ गतेबाट सुरु भई १४ गते सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता दलित महिला संघ वीरगंज–पर्साकी अध्यक्ष निला रामले गरेकी थिइन्।

 

कार्यक्रममा पर्सा जिल्लाका विभिन्न संघ–संस्था र समुदायका २५ जना महिला तथा पुरुष प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले समान विचारधारा भएका संस्थाबीच सहकार्य, रणनीतिक योजना निर्माण, महिला सशक्तीकरण र नेतृत्व विकासका विषयमा गहन छलफल गरेका थिए।

 

अध्यक्ष निला रामले कार्यक्रममा भनिन्, “दलित महिला संघले समुदायमा सचेतना फैलाउने मात्र होइन, अब रणनीतिक रूपमा नीति निर्माण तहमा समेत आफ्नो उपस्थिति सुनिश्चित गर्ने योजना बनाएको छ। हामी सबैको सहभागिताले मात्रै महिलाहरूको अधिकार सशक्त बनाउन सकिन्छ। यस्तो कार्यक्रमले हाम्रो साझा लक्ष्यलाई अझ बलियो बनाउँछ।”

 

कार्यक्रमको क्रममा वक्ताहरूले दलित समुदाय विशेष गरी महिलाहरूको अधिकार सुनिश्चित गर्न एकीकृत रणनीति, नीति–स्तरको संवाद र संगठनबीच सञ्जाल विस्तारको आवश्यकता औंल्याएका थिए। कार्यक्रम भब्यरुपमा सम्पन्न भएको थियोे।