छठ पर्वको दोस्रो दिन ‘खरना’आज,उपासकले बनाउँदैछन् खरना पुजा

पवन साह Avatar
छठ पर्वको दोस्रो दिन ‘खरना’आज,उपासकले बनाउँदैछन् खरना पुजा

पवन प्रसाद साह/वीरगंज

 

आज देशभरका बरतालु महिला भक्तजनहरूले छठ पर्वको दोस्रो दिन ‘खरना’ विधि सम्पन्न गर्दैछन्। छठको दोस्रो दिनलाई विशेष रूपमा ‘खरना’ भनिन्छ, जसमा उपासकहरूले दिनभर निर्जला व्रत बसेर साँझमा सूर्यदेवलाई अर्घ्य दिएपछि प्रसाद ग्रहण गर्छन्।

 

साँझ सूर्यास्तको समयमा दूध, गुड, चामल र गहुँको पिठोबाट तयार गरिएको प्रसाद (खीर, रोटी आदि) अर्पण गरी पूजा गरिन्छ। त्यसपछि उपासक र परिवारका सदस्यहरूले प्रसाद ग्रहण गरी चारदिनीय छठ पर्वको मुख्य चरणमा प्रवेश गर्छन्।

 

खरनाको भोलिपल्ट (अर्थात् तेस्रो दिन) अस्ताउँदो सूर्यलाई र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सम्पन्न गरिन्छ।

 

सूर्य उपासना, स्वच्छता र आस्थाको प्रतीक यो पर्व नेपालका तराई क्षेत्रका साथै देशभरका श्रद्धालुहरूबीच उल्लासपूर्वक मनाइँदैछ।