,

टि २० क्रिकेट प्रतियोगिताको धोबीनी गा.पाका अध्यक्ष चौहान द्वारा उद्घाटन

पवन साह Avatar
टि २० क्रिकेट  प्रतियोगिताको धोबीनी गा.पाका अध्यक्ष चौहान द्वारा उद्घाटन

 

 

 

 

 

 

 

 

शैलेश गुप्ता कार्तिक ५ पोखरिया

 

शुभ दिपावली ,छठ पर्बको अवसरमा पर्साको धोबीनी गाउँपालिका वडा नं ३ गुलरिया क्रिकेट कल्बले आयोजना गरेको टि २० क्रिकेट प्रतियोगिता गुलरिया क्रिकेट खेलमैदानमा बुधबार उद्घाटन भएको छ।

गुलरिया खेलमैदानमा भएको क्रिकेट प्रतियोगिताको प्रमुख अतिथि धोबीनी गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले फिता काटेर उद्घाटन गर्नु भएको थियो।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथीले भनु भयो खेल प्रतीको उत्साह हेरे र गाउँका जनता हरुलाई धन्यवाद दिन चाहनछु । यो खेलले शारीरिक तथा मस्तिष्क को बिकास हुन्छ। खेल ले स्वास्थ्य मा अौषधी को काम गर्ने गर्छ साथै खेलले गाउँपालिका ,देश बिदेश मा पहिचान को रुप मा हेराउन्छ। आउने दिनमा युवा हरु लाई सहयोग रहने अध्यक्ष चौहानले प्रतिबद्धता गर्नु भयो।

 

कार्यक्रमा धोबीनी गाउँपालिका वडा ३ का वडाअध्यक्ष राजकिशोर पटेल, मनाउर मियाँ ,देबेन्द्र पटेल, योजना शाखा प्रमुख पपु पटेल, स्वास्थ्य प्रमुख सन्जय यादव स्थानिय नेता ललन प्रसाद कुर्मी, बुनिलाल कुर्मी,शिक्षक पारस पटेल, हरिशंकर पटेल, पनालाल साह, सुदिल पटेल, लगायत खेल प्रेमी तथा स्थानीयहरुको सहभागीता रहेको थियो।

 

टि २० क्रिकेट टुनामैन्टमा नेपाल भारतका आठ वटा टिम खेलने आयोजक संस्थाका करमुदिन मियाँले जनाए का छन।आज को खेल पर्सा र हेटौडा बिच भएको खेलमा हेटौंडाले जित हासिल गरेका छन। भोलिको खेल बारा र रौतहट बिच हुने आयोजकले जनाएका छन