,

बीरगञ्जमा ‘Legal Voices’ टोलीद्वारा पानी संकट विषयक चेतनामूलक कार्यक्रम सम्पन्न

पवन साह Avatar
बीरगञ्जमा ‘Legal Voices’ टोलीद्वारा पानी संकट विषयक चेतनामूलक कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता /वीरगञ्ज

“Legal Voices: Voices for Change, Voices for Justice” अभियानअन्तर्गत आज पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–स्थित South Zone Secondary School मा “Water Crisis in Birgunj” विषयमा विद्यार्थीहरूलाई लक्षित गर्दै एक चेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा विद्यार्थीहरूलाई वीरगञ्ज  क्षेत्रमा बढ्दो पानी अभाव, भू–जलको दुरुपयोग, र वातावरणीय असन्तुलनका कारणहरूबारे जानकारी दिइएको थियो। साथै, दैनिक जीवनमा पानीको दिगो प्रयोग र संरक्षणका उपायहरूबारे पनि चर्चा गरिएको थियो।

कार्यक्रमका Resource Person हरूमध्ये जय गुप्ता, रोशन यादव, बिकाश यादव र राज नन्दनी साह (टीम पर्सा) ले कानुनी चेतना, जिम्मेवारी र नागरिक सरोकारका विषयमा विद्यार्थीहरूलाई अभिव्यक्ति दिएका थिए। उनीहरूले भने, “देशको आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा स्थायी परिवर्तन ल्याउन बौद्धिक चेतनायुक्त समाज निर्माण जरुरी छ। आज हामीले थालनी गरेका साना कदमहरू भोलिको उज्वल भविष्यका लागि आधार बन्न सक्छन्।”

कार्यक्रमको मूल नारा “Taking Legal Knowledge to the Roots” अर्थात् कानुनी ज्ञानलाई समाजको जरासम्म पुर्‍याउने रहेको थियो।

उक्त कार्यक्रम मिति २०८२ असोज २८, मंगलवार का दिन विद्यालयका संचालक सरोज चौधरी, अशोक सङौला लगायतका शिक्षक र विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न भएको हो।कार्यक्रमले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व, कानुनी चेतना र वातावरणीय सचेतनाको सन्देश फैलाएको आयोजकहरूले बताएका छन्।