,

उत्कृष्ट सेवाका लागि प्रहरी निरीक्षक निकिता मिश्रलाई डिआइजी चतुर्वेदीद्वारा प्रशंसा पत्र

पवन साह Avatar
उत्कृष्ट सेवाका लागि प्रहरी निरीक्षक निकिता मिश्रलाई डिआइजी चतुर्वेदीद्वारा प्रशंसा पत्र

 

अभिलाष गुप्ता/वीरगंज

मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले उत्कृष्ट सेवा, समर्पण र जिम्मेवारीका साथ आउत्कृष्ट सेवाका लागि प्रहरी निरीक्षक निकिता मिश्रलाई डिआइजी चतुर्वेदीद्वारा प्रशंसा पत्र

फ्नो दायित्व निर्वाह गरेको भन्दै प्रहरी निरीक्षक निकिता कुमारी मिश्रलाई प्रशंसा पत्र प्रदान गरेको छ।

डिआईजी उमा प्रसाद चतुर्वेदीद्वारा हस्ताक्षरित उक्त प्रशंसा पत्रमा निरीक्षक मिश्रले शान्ति सुरक्षा प्रवर्द्धन, अपराध नियन्त्रण, महिला र बालबालिकाको संरक्षण, र प्रहरी–नागरिक सम्बन्ध सुदृढीकरणमा पुर्‍याएको उल्लेखनीय योगदानका लागि सराहना गरिएको छ।

प्रहरी निरीक्षक मिश्रले आफ्नो नेतृत्वमा स्थानीय प्रहरी टोलीमार्फत सेवा चुस्त, जनमुखी र विश्वासिलो बनाउँदै आएको जनाइएको छ। उनका कार्यप्रति प्रहरी संगठनले उच्च मूल्याङ्कन गर्दै उनको योगदानलाई “उत्कृष्ट, अनुकरणीय र प्रेरणादायी” ठहर गरेको हो।

प्रशंसा पत्र प्राप्त गरेपछि निरीक्षक मिश्रले भनिन् यो सम्मान केवल मेरो होइन, सम्पूर्ण प्रहरी संगठनको हो। यसले मलाई अझ जिम्मेवार, पारदर्शी र सेवामुखी भएर कार्य गर्न प्रेरित गरेको छ।

उनी लामो समयदेखि समुदाय–मैत्री प्रहरी सेवाको विकासमा सक्रिय रहेकी छिन् र स्थानीय समुदायबीच प्रहरीप्रतिको विश्वास बढाउन निरन्तर पहल गर्दै आएकी छिन्।

यससँगै, मधेश प्रदेश प्रहरी कार्यालयले पनि उनको उदाहरणीय कार्यशैलीले अन्य प्रहरीकर्मीहरूलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।