काठमाडौं । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी छ ।
आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमा छलफल र निर्णय हुने साथै केही राजनीतिक रूपमा महत्त्वपूर्ण निर्णयहरू समेत हुने बताइएको छ।
साथै हालैको विपद्बाट क्षति पुगेका संरचनाको पुनर्निर्माण, बाढिपहिरो प्रभावितको राहत, पुन:स्थापनाबारे निर्णय हुने बताइएको छ ।









