,

गृहमन्त्री अर्यालले गरे तीनवटै सुरक्षा निकायसँग छलफल

पवन साह Avatar
गृहमन्त्री अर्यालले गरे तीनवटै सुरक्षा निकायसँग छलफल

 

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तीनवटै सुरक्षा निकायसँग छलफल गरेका छन् ।

बैठकमा नेपाल प्रहरीका प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल नेपालका प्रमुख राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरु सहभागी थिए ।

छलफलमा पछिल्लो राजनीतिक घटनाक्रम र विपद् व्यवस्थापन सम्बन्धी जानकारी आदानप्रदान गरिएको स्रोतको भनाइ छ ।

यसअघि अर्यालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न प्रहरी प्रधानकार्यालयलाई पत्र पठाएसँगै सुरक्षा निकाय र सरकारबीच असमझदारी बढेको थियो भने गृहमन्त्री उक्त निर्णयबाट व्याक भएको समाचारहरु सार्वजनिक भएका थिए ।