शैलेश गुप्ता २१ अशोज पोखरिया
पर्सा को पोखरिया नगरपालिका वडा नम्बर ५ सतवरियामा रहेको दलित बस्तीका ७५ जना बाढ़ी पीड़ितको घर परिवारमा
खान, बसन, सुतनको लागी चामल, दाल, नून, तेल प्याज आलु ,सोयाविन ,तरकारी मसाला, त्रिपाल सहित राहत सामग्री वितरण गरियको छ । २ दिन देखी परेको अविरल वर्षाका कारण सतवरिया स्थित रहेको दलित बस्ती पूर्ण रूपमा डुबानमा परी जनजीवन अस्त व्यस्त कष्टकर बनेको थियो। खुला आकाश मुनी बसेर रात कटाई रहेको बाढी पीड़ितलाईं जन जीवन सामान्य बनाउंन नगरपालिकाले राहत वितरण गरेको पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहानले बताए ,नगर प्रमुख चौहानका अनुसार बाड़ी पीड़ित लाईं कुनै किसीमको असुविधा भयमा वा कुनै काम का लागी आवश्यक परेमा तत्काल उदार तथा थप राहतका लागी त्यार रहन नगर प्रहरी, विपत्ति व्यवस्थापन शाखा, जिंसी शाखाका कर्मचारीहरुलाई निर्देशन दीदै लापरवाही भय कड़ा कारवाही गरीने चेताउनी दिएका हुन। राहत वितरण कार्यक्रम वडा नम्बर ५ को वडा अध्यक्ष महेन्द्र महतो चाईको अध्यक्षतामा भयको कार्यक्रममा वडा सदस्य पन्नालाल राम, पोखरिया नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंह,प्रशासन शाखा प्रमुख संजय कुमार पाण्डेय, विपत ब्यवस्थापन शाखा प्रमुख राजेश पटेल, जिंसी सहायक भगवान प्रसाद कानू, शिक्षा शाखा सहायक लालन पटेल, स्वास्थ्य शाखा सहायक शिव पटेल, नगर प्रहरी दीनानाथ चौरसिया, दिनेश चौहान , इलाका प्रहरी कार्यालय पोखरियाको प्रतिनिधि, शास्त्र प्रहरी बेस कैम्प गुलमा पोखरियाको प्रतिनिधि , स्थानीय मंगल साह कानू,टायसन यादव, गाया साह कानू, लालाबाबू प्रसाद चौहान, नंदकिशोर प्रसाद चौहान लगायातका ब्यक्ति समाज सेवी बुद्धिजीवीहरुको उपस्थित राहत वितरण गरियको छ ।









